छथर जोरपाटीका थापाले गरे ५ लाख लगानीमा घरमै छुर्पी बनाएर बेच्न सुरु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ मजुवाका युवाराज थापाले छुर्पी उत्पादन गर्न थाल्नु भएको झण्डै ५ महिना भयो । यसअघि आफुले उत्पादन गरेको दुध सिंधुवा वजारसम्म ल्याएर बेच्दै आउनुभएका थापाले करिब ५ लाख लगानीमा गत फागुन महिनादेखी घरमै छुर्पी बनाएर बेच्न थाल्नु भएको हो ।

उहाँले आफ्नो मात्र नभई त्यस स्थानका ४० घरपरिवार किसानले उत्पादन गरेको दुध समेत लिएर छुर्पी बनाउने गर्नुभएको छ । यसरी आफुले घरमै छुर्पी बनाउन थालेपछि आफु र अन्य नजिकका किसानहरुलाई समेत सहज भएको थापाको भनाई छ ।

दैनिक ५ सय लिटर दुधबाट छुर्पी बनाउदै आउनुभएका उहाँले प्रति किलो ११ सय रुपयाँका दरले विक्री गर्दै आउनु भएको छ । यसरी नजिकमै छुर्पी उत्पादन हुन थालेपछि एकातर्फ दैनिक दुध बोकेर बजार धाउनुपर्ने बाध्यता हटेको छ भने होलिडेको समस्या समेत समाधान भएको स्थानियको भनाई छ ।

फ्याट विनाको छुर्पी उत्पादन गर्दै आउनु भएका थापाले आफ्नो उत्पादन अमेरिकासम्म जाने गरेको बताउदै हाल बजारको खास समस्या नरहेको बताउनुभयो ।

आम्दानी पनि दुध बेच्दा र छुर्पी बनाउदा तुलनात्मक हिसाबले छुर्पीबाटै फाईदा हुनेगरेको उहाँको भनाई छ । उहाँले दुई जनालाई छुर्पी बनाउन काम समेत दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।