धनकुटामा कूल खेतीयोग्य जमिनको ९८ प्रतिशत उपयोग

धनकुटा, १६ साउन । प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जमिनको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । धनकुटामा कूल खेतीयोग्य जमिनको ९८ प्रतिशत उपयोग गरिरहेको प्रदेश १ भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रकाशन गरेको बार्षिक प्रगती प्रतिवेदन तथा तथ्याङ्कमा उल्लेख गरीएको छ ।

धनकुटाको कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जमिन भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै रहेको तथ्याक रहेको छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । प्रदेश न १ मा सबै भन्दा कम ओखलढुंगामा ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भएपनि उपयोग भने २३ हजार ८ सय ७० हेक्टर अर्थता कुल खेती योग्य जमिनको ४०. ४१ प्रतिशतमा मात्र खेती गरिएको छ ।धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा संखुवासभा रहेको छ ।

संखुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५ सय ९६ ९६.८५ प्रतिशत उपयोग गरेको छ । यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् ।

प्रदेश १ मा रहेको कूल क्षेत्रफल २५ लाख ९० हजार ५ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा ३१ दशमलव ९१ अर्थात् ८ लाख २६ हजार ६ सय ४६ रहेको छ। उक्त खेतीयोग्य जग्गाको उपयोग भने ७ लाख १४ हजार ३ सय ८४ अर्थात् ८६ दशमलव ४२ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
खोटाङ, १६ साउन (रासस) :लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

अवरुद्ध सडक पहिरो पन्छ्याएर सञ्चालनमा नगरपालिकाले स्काभेटर पठाएको महादेवीस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुने गरेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् ।

लगातारको वर्षासँग झरेको पहिराले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् । वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिराका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।