मानहानी हुनेगरि एकतर्फी समाचार प्रकाशित गरिएकोबारे धनकुटा १ का वडा अध्यक्षको ध्यानाकर्षण
धनकुटा । आफ्नो मानहानी हुनेगरि एक अनलाईनले प्रकाशन गरेको भन्दै धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङदा तामाङले ध्यानाकर्षण भएको जनाउनु भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले (शिखर हट न्यूज डटकम)मा प्रकाशन भएको समचारको विषय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
वडाध्यक्ष तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘म यस वडाको वडाध्यक्ष भएको नाताले धनकुटा नगरपालिकाले लगाएको पार्किङ कर शूल्क उठाउनेक्रममा उठाईएको शूल्क को रसिदनदिएको र आगन्तुक पर्यटकहरुलाई अभद्र व्यवहार भएको र तोकिएको ठाउँभन्दा वाहिर शूलक उठाएको भनि सरोकारवालाबाट पटक पटक जानकारी आउको हुँदा सो विषयमा यथार्थ बुझ्न म लगायत सरोकारवालाहरु पार्किङ शूल्क उठाउने धनकुटा नगरपालिका १ कुवापानी बस्ने विनोद घिमिरेलाई भेटी सो विषयमा जानकारी लिने साथै नियमको परिधिमा रहेर शूलक उठाउन अनुरोध गर्दा म माथि नै अपशब्द प्रयोग गरेको कुरा जानकारी गराउन चाहन्छु ।‘
‘यसप्रकारको पर्यटक,ढुवानीका साधन,नीजि तथा सार्वजनिक यातायातहरुमा कर असुल्ने प्रक्रियाको विरुद्धमा म हिजो पनि दृढ थिए र भविष्यमा पनि यस्ता क्रियाकलापको विरुद्ध सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु र सत्य तथ्य नबुझी एकतर्फी समाचार सम्प्रेषण नगर्न अनलाईन मिडियाहरुलाई सचेत गराउन चाहन्छु साथै कानुनी कारवाहीको प्रक्रियामा जाने जानकारी गराउन चाहन्छु ।‘

मण्डनदेउपुरका किसानलाई क्यान
बनेपा, १७ साउन (रासस) ः काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूध बोक्ने क्यान वितरण गरेको छ । दूधको गुणस्तरीयता बढाउने उद्देश्यले चार हजार दुई सय किसानलाई क्यान वितरण गरेको हो ।
नगरपालिकाको ७० प्रतिशत अनुदान तथा किसानको ३० प्रतिशत लागत साझेदारीमा सो सामान वितरण गरेको नगर प्रमुख टोकबहादुर वाईबाले बताउनुभयो । नगरप्रमुख वाइबाले किसानका लागि नगरपालिकाले चाहेको जति गर्न नसके पनि कृषि क्षेत्रमा काय गर्ने किसानलाई अझै काम गर्ने हौसला बढाउने अभियानमा लागिरहेको बताउनुभयो ।
नगरपालिकाले कृषि क्षेत्रमा गाई, पाडी, ट्र्याक्टर वितरण गर्दै आएको उल्लेख गर्दै उहाँले नगरपालिकाले दिएको सबै अनुदानलाई सही ढङ्गले प्रयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । नगरपालिका उपप्रमुख विष्णुमणि नेपालले दुग्ध उत्पादक किसानलाई दूधको गुणस्तरीयतामा ख्याल गर्न आग्रह गर्नुभयो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले श्रम बैंक, बीउ बैंक र भूमि बैंक सञ्चालन गर्ने नीति लिएको बताउँदै उहाँले नीति तथा कार्यक्रममार्फत किसानलाई धेरै काममा सहजता बनाउने बताउनुभयो । नगरपालिकाभित्र रहेका किसान समूह, दुग्ध उत्पादक कृषि सहकारी र बहुउद्देश्यीय सहकारी संस्थामार्फत कूल रु ३२ लाख ७६ हजार लागतमा चार हजार दुई सय वटा दूध बोक्ने क्यान वितरण गरिएको नगरपालिकाको पशुपक्षी शाखा प्रमुख ध्रुव पराजुलीले बताउनुभयो ।
जिल्लाको दुग्ध उत्पादक क्षेत्रमा पनौतीको कुशादेवी, विहावर र¥याले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर मुख्य रहेको छ । —


