बक्रकुण्डमा नागपञ्चमी मेला
नारायण कुमार राई/धनकुटा,१७ साउन । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले नागपञ्चमीको अबसरमा हिलेको बक्रकुण्ड महेश्वर मन्दिरमा मेलाको आयोजना गरिएको छ ।
मन्दिरको १२ औ स्थापना दिवशको अवसर पारेर आयोजक बक्रकुण्ड महेश्वर मन्दिर हिलेले उक्त मेलाको आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी तथा धनकुटा नगरपालिकाका मेयर चिन्चन तामाङ्गले पानसमा बत्ति बालेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उत्घाटन गर्दै मेयर तामाङ्गले उक्त क्षेत्रको धार्मिक पर्यटनको बिकासका लागि नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली सेना पूर्वी कमाण्ड हिलेका प्रमुख,वडा नं.१ र १० का अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगाएतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष लालचन गोङ्वा(तामाङ्ग) ले मन्दिर ब्यबस्थापन तथा सरसफाईमा सहयोग गर्ने सबै ब्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।





