धनकुटाको पाख्रीबासमा नेकपा एमाले प्रदेश १ स्तरीय संगठनात्मक व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला आज देखि सुरु

धनकुटा । नेकपा एमाले प्रदेश १ स्तरीय संगठनात्मक व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला धनकुटाको पाख्रीबास नगरपालिकामा आज देखि सुरु भएको छ ।

नेकपा एमाले प्रदेश १ कमिटीको आयोजना , जिल्ला कमिटी धनकुटाको व्यवस्थापनमा सञ्चालित दुईदिने कार्यशालामा भोलि सम्म सञ्चालन हुने छ ।

कार्यशालामा पार्टीका १४ जिल्लाका जिल्ला अध्यक्ष , उपाध्यक्ष, सचिव सहित संगठन विभाग प्रमुख , प्रदेश कमिटी पार्टीका पदाधिकारीहरु , प्रदेश संगठन विभाग सदस्यहरुको सहभागीता छ ।

त्यस्तै गरि १४ जिल्लाका पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज , सहइन्चार्ज , प्रदेश कमिटीका ईन्चार्ज र सह ईन्चाजको पनि सहभागीता रहेको छ ।

कार्यशालामा स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज देव राज घिमिरेले पार्टी संगठनमा देखिएका समस्या र समाधानका उपाय विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै गरि प्रदेश संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यशाला उद्घाटनसत्रमा जिल्ला ईन्चार्ज राजेन्द्र राई , केन्द्रीय कमिटी संगठन विभाग सचिव सम्झना देवकोटाले मन्तव्य राख्नुभएको थियो । स्वागत तथा कार्यक्रमको उद्देश माथि पार्टीका प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले प्रकाश पार्नु भएको थियो । दुई दिने कार्यशाला नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी नेपालीको अध्यक्षतामा सञ्चालन भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।