जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

खोटाङ । खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।

पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई गरिएको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जीव थापा मगरले बताए । धान झार्नका लागि उनीहरूले मेसिन प्रयोगमा ल्याएका छन् ।

धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ इन्चार्ज थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् । बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ ।

नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटी चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आलु खेती लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । २/३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।