धनकुटामा पनि स्थगित भयो मतदाता नामावली संकलन
धनकुटा,१९ साउन । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते आइतबार गर्ने घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यलय धनकुटाले समेत मतदाता नामावली संकलन स्थगित गरेको जनाएको छ ।
धनकुटाका जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले सुचना जारी गर्दै जिल्ला निर्वाचन कार्यालय धनकुटा , जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानी बाट संकलन हुदै आएको नामवली संकलनका कार्य २०७९ साउन २० गते बाट अर्को व्यावस्था नभए सम्मका लागि स्थगित गरेको जनाईएको छ ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।



