धनकुटाका किसानलाई बाली जोगाउन समस्या

विकास घिमिरे/धनकुटा, २२ साउन । जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्न थालेपछि धनकुटा जिल्लाका किसानलाई बाली जोगाउन समस्या भएको बताउँन थालेका छन् ।

कृषकहरुले आफूले खेती गरेको क्षेत्रमा दिन रात जंगलली जनावरले दु:ख दिदाँ लगाएको बाली जोगाउँन मुस्किल पर्ने बताएका हुन् । जनावरको ज्यादती खपि नसक्नु भयो, दिनमा जसोतसो जनावर धपाइन्छ राती आएर वालि सखाप पार्ने संग ज्यादै समस्या भयो धनकुटाको छथरजोरपाटीका कृषक मनीकुमार लिम्बुले बताउनु भयो । उनले भने आखा झिम्काउन पाइदैन, तस्करले घेरीहाल्छन् ।’ नजिकैका सामुदायीक वनबाट दिउसै हुलका हुल बा“दर र मृगका बथानै बालीमा पस्छन । राती खरायो , बदेल र दुम्सीको बिगविगी हुन्छ ।

बस्ती नजिकैका सामुदायीक बनबाट सोझै खेतबारी र बस्तीमा प्रवेस गर्ने जनावरका कारण बालीनाली पाक्ने बेलामा किसानले सुखले खाना समेत खान नपाउने धनकुटा नगरपालिकाका कृषक सूर्य राईले बताउनु भयो । खेतीकालागि समयमै मल, सिंचाई, रोगकिराको नियन्त्रणका लागि औषधी उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखि कृषि पेशा गर्दे आएका गाउँलेहरुका लागि बन्य जन्तुको ज्यादती थप टाउको दुखाई बिषय बनेको किसान दुखेसो गर्छन् । मान्छे ओल्टोकोल्टो लाग्ने वित्तिकै खत्तम पारिहाल्छ ।

पहिले पहिले स्थानीयले जनावर तर्साउन घरेलु घरापको प्रयोग गर्थे, अहिले जनावरले यस्ता धरापको वास्तै गर्न छाडेको किसान बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।