धनकुटामा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष, सचिव सहितका नेताद्धारा पार्टी परित्याग
धनकुटा,२२ साउन । जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य एवम् धनकुटा उपाध्यक्ष विकास घिमिरे, प्रदेश कमिटी सदस्य तथा धनकुटा जिल्ला सचिव श्रीराम रायमाझी,जिल्ला सचिवालय सदस्य तथा धनकुटा नगरअध्यक्ष दिलकुमार राई, जिल्ला सचिवालय सदस्य तथा महालक्ष्मी नगर पाटी अध्यक्ष नरेन तुम्वा, जिल्ला सचिवालय सदस्य सविन श्रेष्ठ, जिल्ला सदस्य सचिन राई, जिल्ला सदस्य सजेन्द्र तामाङ्ग, जिल्ला सदस्य देवेन्द्र राई, धनकुटा नगर उपाध्क्ष फडिन्द्र बस्नेत, धनकुटा नगर उपसचिव राजबहादुर राई , धनकुटा नगरसदस्य एवम् प्रवक्ता भूवन साम्पाङ्ग, धनकुटा नगर यस्वा संघ अध्यक्ष बिष्णु कार्कि, धनकुटा नगर वडा न १ पाटी अध्यक्ष विमल भट्टराई, धनकुटा नगरपालिका ३ वडा सदस्य बिष्णु रसाइली, धनकुटा नगरकमिटी सदस्य शुक्रबहादुर राईले पाटी भित्र देखिएका विभिन्न समस्या कारण आगामी दिनमा पार्टी र संगठन मजबुद भन्ने र जनता प्रति उतरदायी बन्ने अवस्था नरहेको भन्दै जनता समाजवादी पाटीमा नरहने गरी आफ्नो जिम्बेवारीबाट राजिनामा दिएको विज्ञप्तीमा जनाईएको छ ।




