धनकुटामा यसरी मनाइयो २८औं विश्व आदिवासी दिवस
धनकुटा,२४ साउन । २८औं विश्व आदिवासी दिवस धनकुटामा समेत विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ ।
परम्परागत पहिरन र गरगहना पहिरिएका आदिवासी जनजातिकाले बाजागाजा, ब्यानर र नारा कोरिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पछि धनकुटा सदरमुकाममा निर्माण गरिएको आदिवासी संस्कृत संग्रालयको धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले गर्नु भएको थियो ।
प्रदेश सरकार, स्थानियतह र विभिन्न संस्था तथा व्यातिmको करिब २५ लाखको सहयोगमा संग्रालय निर्माण गरीएको हो । संग्रालयमा आदिवासी जनजातीहरुका पुरातात्वयीक वस्तु, सरमामग्री पहिचान झल्कने बस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनु भयो ।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।
सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो ।


