धनकुटाको पहिचान, गौरव र समृद्धीका लागि अभियान सञ्चालन गर्ने

धनकुटा । कलाकारहरुले धनकुटाको पहिचान, गौरव र समृद्धीका लागि अभियान सञ्चालन गर्ने बताएका छन् ।

धनकुटा काठमाण्डौ साँस्कृतिक समाजले नेपाल पत्रकार महासंघ धनकुटा संचार हलमा आयोजना गरेको छलफल कार्यक्रममा कलाकारहरुले त्यस्तो बताएका हुन् ।

धनकुटा काठमाण्डौ सास्कृतिक समाजका अध्यक्ष कर्ण वहादुर राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, धनकुटा काठमाण्डौ साँस्कृतिक समाजका सल्लाहकार रमेशचन्द्र अधिकारी लगायतले कला कर्मीहरुले पनि धनकुटाका समृद्धी,विकास, गौरव र पहिचानका लागि योगदान दिन अनुरोध गरेका थिए ।

समाजका अध्यक्ष कर्ण वहादुर राई, सचिव पदम कुमार राई,कोषाध्यक्ष बिमला राई, सदस्यहरु राजेन्द्र राई लगायतले यो साँस्कृतिक समाजले धनकुटाको लागि यहाँकै कला, सँस्कृती, भेषभूषा, ठाउलाई समेटेर गित तयार गर्ने,डकुमेन्टी निर्माण गर्ने, धनकुटामा लुकेर रहेको प्रतिभाहरुलाई सहयोग गर्ने, पुराना र अग्रज कलाकारहरुलाई सम्मान गरी कलाकारिताको माध्यमबाट धनकुटालाई चिनाउने र जोड्ने काम गर्ने वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।