छथरजोरपाटी गाँउपालिकाद्वारा उत्कृष्ट ८ जना कृषकलाई सम्मान तथा पुरस्कार वितरण
धनकुटा । धनकुटाको छथरजोरपाटी गाँउपालिकाले उत्कृष्ट ८ जना कृषकलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
गत आर्थिक वर्ष २०७७।०७९ मा गाँउपालिका भित्र सबै भन्दा बढि कृषिजन्य वस्तु उत्पादन गर्न सफल ८ जना कृषकलाई जनहि १३ हजार ४ सय रुपैया नगद सहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेको गाँउपालिकाको पशुपन्छि साखा प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।
जस अनुसार सम्मानित हुने कृषकहरुमा तरकारी वाली तर्फ गाँउपालिकाको वडा नं ५ का लाक्पा तेन्जी शेर्पाले वन्दा कोपी ३० टन उतपादन गरेर सम्मान सहित पुरस्कार पाउन सफल भएको छ ।
त्यस्तै गरी वडा नं २ का भोला वहादुर कार्कीले मसला वाली अन्तरगत खुर्सानि १७ सय केजी , दाल वाली तर्फ कालो दाल वडा नं ४ का इन्द्र कुमारी गिरीले ५ मुरी , धान वली तर्फ वडा नं ५ का देव वहादुर लिम्बूले ७० मूरी , मकै वाली तर्फ वडा नं ४ का ज्ञान वहादुर अधीकारीले ५५ मूरी , वदाम खेति तर्फ वडा नं ४ का चुडामणी तामाङले ३५ मूरी उत्पादन गरेर सम्मान तथा पुरस्कार पाउन सफलभएको छ ।
त्यस्तै गरी दुध उत्पादन तर्फ दैनिक ३ सय लिटर दुध उत्पादन गर्न सफल कृषक वडा नं ६ का भरत गुरुङ सम्मान तथा पुरस्कार पाउन सफल भएको छ । माछापालन तर्फ वडा नं १ का होम बहादुर लिम्वूले २ हजार केजी माछा उत्पादन गर्न सफल भई सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । कृषकलाई कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको आफुहरुले स्थलगत मुल्याङकन गरेर पुरस्कार तथा सम्मान वितरण गरेको पशुपन्छि शाखा प्रमुख प्रमुख राईले बताउनु भयो । गाँउपालिकाले आफ्नो निति तथा कार्यक्रममै कृषकलाई प्रोत्साहान तथा कृषिमा आत्मानिर्भर बनाउने उद्धेश्यले उपादनमा आधारीत कृषक प्रोत्साहान पुरस्कार वितरण कार्यक्रमको व्यवस्था गरेको छ । सोहि कार्यक्रम अन्तरगत वर्ष भरीमा बढि उतपादन गर्न सफल कृषकलाई छनौट गरेर सम्मान गर्दै आइरहेको गाँउपालिकाले जनाएको छ ।


