गठबन्धनका दलहरु चुनाव संगै कांग्रेसमा बिलय हुन्छन् : भानुभक्त
प्रदेशको नाममा सरकार बाधक : शेरधन
नारायण कुमार राई/साउन २५,धनकुटा । आगामी चुनाव संगै गठबन्धनमा रहेका दलहरु कांग्रेसमा समाहित हुने एमालेका स्थाई समिती सदस्य तथा पूर्व कानुन मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ ।
निर्वाचन केन्द्रित अभियानका लागि धनकुटा पुग्नु भएका नेता ढकालले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
देशको राजनैतिक २ ध्रुव मध्ये बाम शक्तिको नेतृत्व नेकपा एमालेले गरिरहेको र अर्को यथास्थितवादीहरुको नेतृत्व कांग्रेसले गरिरहेकोले गठबन्धनका दलहरु कांग्रेस संग बिलय हुने डकालको तर्क छ ।
एमावे संग एक्लै चुनाव लड्न सक्षम नभएकाले गरिएको सिद्धान्तहीन गठबन्धनले साना दलहरुको अस्तित्व सकिने भएकाले यस्तो अबस्था आउने ढकालको भनाई छ ।
एमाले मंसिर ४ को निर्वाचनका लागि आफना कार्यकर्तालाई सबै नागरिकसम्म पुर्याउन र एमालेको नितिको बारेमा जानकारी दिदै चुनाबमा एक्लै बहुमत प्राप्त गर्ने अभियानमा रहेको समेत उहा्ँले बताउनुभयो ।
एमालेका स्थाई समिती सदस्य तथा प्रदेश १ का पुर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पुरा नगर्दा प्रदेश नम्बर १ को नामाकरण हुन नसकेको आरोप लगाउनुभएको छ ।
पत्रकार भेटघाटमा बोल्दै पूर्व मुख्यमन्त्री राईले अहिलेको सरकारको रवैयाका कारण नामाकरण हुन नसकेको आरोप लगाउनुभयो ।
प्रदेश सरकारले सहजिकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उहाको दावी छ । प्रदेशको नामाकरणका लागि नेपाली काँग्रेसले समेत खुट्टा कमाएको राईले राईको आरोप छ ।
कार्यक्रममा स्थाई कमिटी हिक्मत कार्की,केन्द्रिय सदस्यरु राजेन्द्र कुमार राई,सकुन्तला बस्नेत,बिनादेवी राई, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली लगाएत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।


