धनकुटाका नायब सुब्बा (नासु)हरुले पनि आज गरे पेन डाउन
धनकुटा । धनकुटाका नायब सुब्बा (नासु)हरुले पनि आज पेन डाउन गरेका छन् ।
असमान रुपमा सरकारले तलबमान बढाएको भन्दै देशभर विरोधमा उत्रिएका उनिहरुले आज धनकुटामा पनि एक घण्टा पेन डाउन गरेका हुन् ।
सम्पूर्ण सरकारी कार्यलयका नासुहरुले बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गरि विरोध कार्यक्रममा बसेको र त्यसको क्षतिपूर्ति स्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गरेका थिए ।
सरकारले मर्यादाक्रम मिलाउने भन्दै माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरे भन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।
बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिए अनुसार १५ प्रतिशत तलब बढाउँदा समेत माथिल्ला र तल्लो तहका कर्मचारी बीच तलबमानमा धेरै फरक परेका हुँदा आन्दोलनरत नासुहरुको भनाई छ ।
नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए ।





