पाख्रिवासमा एकै पटक मरे ६ चौपाया , खोलेमा कसैले यूरिया मल मिसाएको आशंका
धनकुटा,२६ साउन । धनकुटाको पाख्रिवास नगरपालिका ७ थाक्लेका लालबहादुर तामाङ्गले पालेका ३ वटा बाख्रा, १ बोका १ पाडी र १ गोरु शंकास्पद तरिकाले एकै चोटी मरेका छन् ।
बुधबार दिउँसो ती चौपाया एकै पटक शंकास्पद तरिका बाट मरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
चौपाएहरु एकै पटक मरेको खबर प्राप्त भए पछि बिहिबार बिहान पुगेको प्रहरी र पाख्रिवास नगरपालिका पशुशाखाका प्राविधीकहरुले मरेका चौपायाको बाहिरी लक्षण हेर्दा कसैले यूरिया मल खोलेमा मिसाएर दिएका कारण मृत्यू भएको आशंका गरिएको पाख्रिवास नगरपालिकाका पशुशाखा प्रमुख गोरख तामाङ्गले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो हामीले बाहिरी लक्षण हेर्दा यूरिया मल खाएकै कारण चौपाया मरेको देखियो तर प्रमाणित गर्नका लागि पशु चिकित्सकहरुले पोष्टमाटम गरेर रिपोट आए पछि मात्र भन्न सकिन्छ के कारणले चौपाया मरेका हुन् भनेर ।
पोष्टमार्टम गर्नका लागि विराटनगर बाट चिकित्सक बोलाउनु पर्ने भएकोले त्यसो गर्न समेत सम्भवन नरहेको जनाईएको छ । पशु चौपाए एक पटक मरेको बारे थप अनुसन्धान जनाइएको छ ।


-तस्बिर सौजन्य :गोरख तामाङ्ग


