सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

खोटाङ, २७ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभी र दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मेयर तीर्थराज भट्टराईले तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशिघ्र काम सम्पन्न गर्न अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानून बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिएका छन् ।

तीन वटै सडक सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भइ ठेक्का लागेको हो । तर सडक स्तरोन्नतीको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ । वर्षा सुरु भए सँगै तीन वटै सडक ठप्प प्रायः छ ।

ठेक्का लागेको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीबाट व्यापक जनगुनासो आएकाले ठेकेदार बिरुद्ध ‘एक्सन’मा उत्रिनु परेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पुर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको वोधार्थ पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।