भेडेटारमा बल्ल पुग्यो खानेपानी
धनकुटा,२७ साउन । धनकुटाको पर्यटकिय क्षेत्र भेडेटारमा काम सुरु भएको करिब १० बर्ष आजबाट खानेपानी पुगेको छ ।
आयोजना सुरु भएको करिब १० बर्ष पछि भेडेटार लिफ्ट आयोजना सम्पन्न भएको हो । करिब ३ करोड ४४ लाख लागतमा सम्पन्न भएको आयोजना आज एक कार्यक्रमका बिच प्रदेश न १ का खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री राजकुमार राईले गर्नु भएको छ ।
उद्घाटन कार्यक्रमा बोल्दै मन्त्री राईले भेडोटारका अन्य क्षेत्रमा रहेका खानेपानीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनु भयो । साथै उहाँले खानेपानीको बिषयमा कतिपय ठाउँमा राजनैतिक आग्रहपूर्वागह राख्दा सम्पन्न भई सकेका योजनाहरु बाट समेत नगरीक लाई खानेपानी दिन नसकिएको बताउनु भयो ।
त्यस्तै साँगुरीगढी गाउंपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटकीय क्षेत्र भए पनि खानेपानी अभाबले गर्दा समस्या भोगी रहेका होटल व्यावसायी तथा अन्य व्यावसायीहरुलाई खानेपानी आयोजना सम्पन्न भए पछि राहत मिलेको बताउनु भयो ।


