‘नेपाल पत्रकार महासंघको संस्थापक भट्टराई हैन सत्यनारायण हुन्’: फोनिज

नारायण कुमार राई/धनकुटा । नेपाल पत्रकार महासंघको संस्थापक स्व.कृष्ण प्रसाद भट्टराई नभई स्व.सत्यनारायण श्रेष्ठ भएको आदिवासी पत्रकार माहासंघ( फोनिज)का पत्रकार नेताहरुले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको २३ औं स्थापना दिवशको अवसरमा धनकुटा शाखाको कार्यालय स्थापनाको अवसरमा उनीहरुले यस्तो बताएका हुन् ।

धनकुटा बसपार्क स्थित कार्यालयको उत्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले गर्नुभएको थियो ।

उत्घाटन कार्यक्रम पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै फनिजका केन्द्रिय सदस्य बिदुर खवासले फनिज केन्द्रले स्व.श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक रहेको अनुसन्धानबाट प्रमाणित गरेको बिषयमा जानकारी दिनुभयो ।

त्यस्तै फोनिजरा प्रदेश अध्यक्ष सन्तबीर लामाले पनि सबै अनुसन्धानबाट महासंघका संस्थापक भट्टराई नभई श्रेष्ठ नै भएकाले यसलाई स्थापित गर्न सबैले यसतर्फ कलम चलाउन आग्रह गर्नुभयो ।

फोनिजको अथक प्रयास अनुसन्धानबाट सत्यनारायण श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक रहेको प्रमाणित भएको भन्दै उनको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई,प्राध्यापक ईच्छापूर्ण राई,रेडियो नेपालका प्रमुख उद्धव सिंह ढाँट क्षेत्रीले स्थापना दिवश तथा शाखा कार्यालय स्थापनाको बधाई तथा शुभकामना दिनुभएको थियो ।

त्यस्तै प्रेस सेन्टरका प्रदेश सचिव ईश्वर थापा,प्रेश चौतारीका जिल्ला अध्यक्ष रविन कट्टेल,रेडियो मकालु एफएमका अध्यक्ष सोभिस चेम्जोङ्ग,थारु पत्रकार संघका अध्यक्ष ब्रम्हलाल हजारी,फनिज धनकुटाका सल्लाहाकार तिलबिक्रम चेम्जोङ्गले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा फनिज धनकुटाले गरेको बिभिन्न कामको बिषयमा अध्यक्ष बिनुचेम्जोङ्गले जानकारी गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।