धनकुटामा प्रहरीद्धारा मन्दिर क्षेत्र सरसफाई
धनकुटा,२८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज धनकुटा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री निशास भगवती मन्दिर र धनकुटा नगरपालिका ७ मा रहेको नर्वदेश्वर मन्दिर परिषरमा सरसफाई गरेको जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको र सरसफाई कार्यक्रममा प्रहरी सहायक निरिक्षक दिलचन शाहको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाको संचार शाखाले जानकारी दिएको छ ।
यो पनि..
खोटाङ, २७ साउन । खोटाङका साहित्यकार श्रीराम राईले दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमाबी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमाबी खोटाङकै नवोदीयमान गायिका हुन् ।
१० वर्षे शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् । विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बाल कथा सङ्ग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् । नयाँ लघुकथा प्रकाशोन्मुख रहेको राईले बताए ।
संयुक्त लघुकथा सङ्ग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।


