धनकुटामा परिवार नियोजनको अस्थाई साधन बितरण गर्दै मनाइयो रोपाई जात्रा
धनकुटा । रोपाई जात्राको अवसर पारेर नेपाल परिवार नियोजन संघ धनकुटा शाखा ले प्रत्यक वर्ष झै यो वर्ष पनि १३ औं अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा युवा मञ्च धनकुटा र सामाजिक विकासका लागि यूवाको प्रयास (यस्ड)क्लब सङ सहकार्य गरि परिवार नियोजनको अस्थाई साधन बितरण गर्दै मनाएको छ ।
जनचेतना मुलक सुचना प्रवाह गर्दै रोपाई जात्रा शनिबार मनाएको हो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ धनकुटा शाखाका युबा समूह आयोजित र सहआयोजक सामाजिक विकासका लागि यूवाको प्रयास (यस्ड) र युबा मंच धनकुटा रहेको नेपाल परिवार नियोजन संघ धनकुटाकी युबा संयोजक आकृती राईले जानकारी दिनु भयो ।
दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड
काठमाडौँ, २९ साउन (रासस) : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानवीय कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सुझाव दिनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन गर्न सहभागी वक्ताहरुले जोड दिनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन भएका विषयलाई उन्मुक्ति दिन नहुने बताउँदै अन्यायमा परेका पीडित पक्षलाई न्याय उपलब्ध गराउने गरी विधेयक संशोधन गर्न सुझाउनुभयो ।
प्रतिनिधिसभा सदस्यद्वय पार्वती विसङ्खे र अमृता थापाले अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानूनविपरीत युद्धअपराध गरिएका विषयमा दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य चुनु केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य निनु भेटवालले ससंद्मा टेबल भइसकेको उक्त विधेयकमा पीडितपक्षलाई न्यायको अनुभूति हुने गरी परिमार्जन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ सञ्चारकर्मी निर्मला शर्माले द्वन्द्व प्रभावितलाई छलफल नगरी ल्याइएको विधेयकमा प्रदेशस्तरीय छलफल गरी सम्बन्धित पक्षको सुझाव लिनुपर्ने खाँचो औँल्याउनुभयो ।


