कोरोना संक्रमण पु:न बढेपछि पाख्रीबास नगरपालिकाले जारी गर्यो यस्तो सुचना

धनकुटा । नेपालको विभिन्न स्थान लगायत छिमेकी पालिकाहरुमा समेत कोभिड-१९ को संक्रमण दर पुनः बढ्न थालेको र पाख्रीबासमा पनि सो को प्रभाव बढ्न सक्ने र केहि व्यक्तिहरुलाई कोभिड-१९ संक्रमणको जस्तो लक्षण (जस्तै ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने आदि) देखिन सुरु भएकोले नगरपालिकाले एक सुचना जारी गरेको छ ।

नगरप्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ –

पाख्रीबास नगरपालिकाको सार्वजनिक अनुरोध

नेपालको विभिन्न स्थान लगायत छिमेकी पालिकाहरुमा कोभिड-१९ को संक्रमण दर पुनः बढ्न थालेको र पाख्रीबासमा पनि सो को प्रभाव बढ्न सक्ने र केहि व्यक्तिहरुलाई कोभिड-१९ संक्रमणको जस्तो लक्षण (जस्तै ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने आदि) देखिन सुरु भएकोले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्नुपर्ने अवस्था देखिएको छ । कोभिड-१९ को संक्रमण जोखिम न्यूनिकरणकालागि देहाय वुदाहरु पूर्ण रुपमा पालना गर्नहुन पाख्रीबास नगरपालिकाका सर्वसाधारण र सरोकारवालाहरुलाई अनुरोध गरिन्छ।

१. समुहगत रुपमा कुनै कार्य वा भ्रमण गर्नु परेमा अनिवार्य रुपमा मास्क लगाउने र भौतिक दुरीका नियमहरुको पूर्ण रुपमा पालना गर्नुहोस्।

२. कार्यालय तथा सार्वजनिक स्थानहरुमा भौतिक दुरी कायम गरि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुहुन ।

३. रुघाखोकी लगायतका स्वासप्रस्वास सम्बन्धि समस्या भएका व्यक्तिहरुले अनिवार्य रुपमा मास्क लगाउने र अरुसंग भौतिक दुरी
कायम गर्नुहुन

४. सकभर भिडभाड हुने स्थानहरुमा नजाने, जान परेमा मास्क प्रयोग गरि भौतिक दुरी कायम गर्नुहुन ।

५. सभा, जुलुश, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक लगायत भिडभाड हुने कर्यक्रमवाट जोगिनुहुन ।

६. नियमित रुपमा हात धुने र hand sanitizer को प्रयोग गर्नुहुन ।

७. चाडपर्वहरुमा सकेसम्म कम मानिसहरुको उपस्थितिमा घरमा नै बसी परिवारजनका साथ् वाहिरी वातावरणमा भौतिक दुरी
कायम गरी मनाउनुहुन ।

८. शैक्षिक संस्थाहरुमा मास्क, स्यानीटाइजर र भौतिक दुरी कायम गर्नुहोस् र गराउनुहुन ।

९. बाहिरवाट भित्र प्रवेश गर्दा साबुन पानीले हात राम्ररी धुनुहोस् । साथै हाछ्यु तथा खोक्दा रुमाल वा कुइनालाई खुम्च्याएर
नाक,मुख छोप्ने वानी बसाल्नुहुन ।

१०. शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउने जस्तै धुम्रपान,मध्यपान, नगर्नुहोस् तथा मानसिक तनाब नलिनुहोस् । स्वस्थ जीवन
शैली अपनाउनुहुन ।

११. कोभिड भ्याक्सिन लगाईसकेकाहरुले पनि जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुहुन ।

१२. सार्वजनिक यातायातमा सवार गर्दा जनस्वास्थ्य मापदण्ड पुरा गरेर मात्र यातायात गर्नुहुन ।

१३. बसस्टपमा आफन्तलाई पुर्याउन वा लिन जादा कम व्यक्ति मात्र जानुहोस् । अफवाह तथा भ्रामक समाचारको पछि नलाग्नुहुन ।

१४. कोभिड-१९ का लक्षणहरु देखा परेमा घरका सदस्यहरुवाट दुरी कायम गर्नुहोस् ! गाह्रो भएमा यथासिघ्र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहुन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।