नेकपा एमाले धनकुटाको सातै पालिका कमिटीको आयोजनामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण
धनकुटा । नेकपा (एमाले) धनकुटाको सातै पालिका कमिटीको आयोजनामा हुन गइरहेको पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण अन्तरगत आज सहिदभुमि गाउपालिकामा कार्यक्रम हुने भएको छ ।
पार्टीको स्कुल विभागले तयार पारेको कम्युनिस्ट आन्दोलनको ईतिहास र बहुदलीय जनवाद,पार्टीको कार्यक्रम संगठनात्मक सिद्धान्त र आचरण, आगामी निर्वाचनमा अपनाउनु पर्ने रननिति, संघ, प्रदेश र स्थानीय सरकार मार्फत पार्टीले गरेका सबल पक्षहरूको चर्चा र पार्टीको सदस्यतालाई व्यवस्थित गर्न पार्टी एपमा डिजिटल पार्टी सदस्यता बनाउने लगायत विषयमा पार्टी प्रशिक्षणका लागि जिम्मेवारी पाएका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला पार्टी प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
पार्टीको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमहरु भदौ-१ गते सहिदभूमि गाउपालिका भदौ ३ गते छथर जोरपाटी गाउपालिका भदौ ४, गते धनकुटा नगरपालिका भदौ ५, गते साँगुरीगढी गाउपालिका भदौ ६, गते महालक्ष्मी नगरपालिका र भदौ ७ गते पाख्रीबास नगरपालिकामा रहेको छ । यश अघि साउन २८ चौबिसे गाउपालिकामा सम्पन्न भएको छ ।


