पाख्रीबास नगरपालिका ४ को विभिन्न टोलमा सञ्चालन हुने खानेपानी आयोजनाको सर्भे
धनकुटा । धनकुटा पाख्रीबास नगरपालिका वडा नं ४ को विभिन्न टोलमा सञ्चालन हुने खानेपानी आयोजनाको सर्भे गरिएको छ ।
सो वडाको खत्रि टोल,बस्नेत टोल र खाति टोलमा सञ्चालन हुने खानेपानी आयोजनाको सम्बन्धित कार्यलयका ईञ्जिनियर सहित स्थानीयको टोलिले सर्भे गरेको हो ।
यो आयोजनाको सर्भे पछि भएको छलफलमा काम समेत चाँडो कार्यान्वयन गरिदिन गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई अनुरोध गरिएको ४ नं वडाध्यक्ष सन्तोष मानन्धरले बताउनुभयो ।
यो पनि…
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ (रासस): देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । प्रदेश नं १ का पहाडी भू–भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
रातको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली तथा देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकोे छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।


