पाख्रीबास माइती घर भइ इटहरी ५ मा विवाह गरि गएकी मनिलाको ह’त्या आरोपमा श्रीमान लुईटेल पक्राउ

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ माइती घर भइ इटहरी ५ मा विवाह गरि गएकी अन्दाजी २४ बर्षकी मनिला बुढाथोकीको ह’त्या आरोपमा उनकी श्रीमान गेहिन्द्र लुईटेल पक्राउ परेका छन् ।

मनिलाको माईती पक्षले घटना शं’कास्पद रहेको भनि दिएको किटानी जाहेरीको आधारमा उनकी श्रीमान गेहिन्द्रलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय ईटहरीका प्रवक्ता हेम खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका गेहिन्द्रमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । एक हप्ताअघि विराट टिचिङ अस्पताल,मोरङमा उपचारको क्रममा निधन भएको भनिएकी मनिलाको शरिरमा शं’कास्द चो’ट-प’टक र नील’डाम थियो ।

यो पनि पढ्नुहोस्..
महाअभियोग सिफारिस समितिको बैठक ः कार्यतालिका ल्याउने
काठमाडौँ, १ भदौ (रासस) ःमहाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ ।

सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोगबारे समय छोटो भएको हुनाले सो सम्बन्धी विषयमा जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राख्नुभएको हो । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भन्नुभयो, “प्रधानन्यायाधीशलाई महाभियोग ठहर्नैपर्छ भन्ने छैन, ठहर्नै हँुदैन भन्ने पनि छैन, दोषी भए दोषी वा निर्दोष भए निर्दोष भन्न तयार छौँ ।” सभापति पोखरेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वन्यायाधीश रणबहादुर बम लगायतमाथि महाभियोग दर्ता भएर अघि नबढेको स्मरण गर्दै कार्यविधिको खाका आएको हुनाले अध्ययनका लागि समय चाहिने र एक महिनाभित्र कसरी टुङ्गोमा लगाउन सकिन्छ भन्ने कार्यविधि तथा कार्यतालिका तय गर्नुपर्ने धारणा राख्नुभयो । सांसद लालबाबु पण्डितले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यक्तिहरुले यसलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरु यशोदा गुरुङ सुवेदी, मीनबहादुर विश्वकर्मा, इकवाल मियाँ, कल्याणी खड्का, प्रमोद साह, शिवमाया तुम्बाहाङ्फेले महाअभियोगको प्रस्ताव दर्ता गरेको छ महिना बितिसकेको हुनाले एक महिनाभित्र सम्पूर्ण काम सक्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुभयो । समितिका सभापति विष्टले आगामी बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरिने गरी आज सदस्यलाई मस्यौदा वितरण गरिएको बताउनुभयो । उहाँले अर्को सूचना नआएसम्मका लागि बैठक स्थागित भएको जानकारी गराउनुभयो ।

समितिका सदस्यसचिव लक्ष्मीप्रसाद गौतमले आगामी बैठकमा सभापति चयन गरिने र सचिवालयले कार्यतालिका प्रस्तुत गर्ने जानकारी दिनुभयो ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।