भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आर्थिक बर्षमा ३५ वटा कार्यक्रम संचालन गर्ने

विकास घिमिरे/धनकुटा, १ भदौ । धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आर्थिक बर्षमा संचालन ८ करोड ४९ लाख ६१ हजार बराबरका ३५ वटा कार्यक्रम संचालन गर्ने भएको छ ।

जिल्ला समन्वय समिती धनकुटाको समन्वयमा स्थानिय तहका प्रमुख उपप्रमुख तथा सरोकारवाला र पत्रकारहरुको उपस्थितीमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गगानाले जानकारी गराउँनु भएको हो । केन्द्रले पिपिआर रोगनियन्त्रण, खोरेत रोग नियन्त्रण, द्धन्द पिडित पशुपन्छी पालन कार्यक्रम, यूवा लक्षित पशुविकास कार्यक्रम, दुध उत्पादनका आधारमा अनुदान कार्यक्रम, पशुविमा सम्वन्धी कार्यक्रम, लगायतका ३५ शिर्षकमा कार्यक्रम गरिने जानकारी दिनु भयो । कार्यलयले अघिल्लो आर्थिक बर्षमा गरेका कामको विवरण समेत सार्वजनिक गरेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले कृषि पेशा लाइ अव निर्वाहमुखी पेशा बाट व्यावसायीक बनाउन आवश्यक रहेको बताउनु भयो साथै उहाँहरुले कार्यक्रम लाई व्यावस्थित र व्यावसायकि बनाउन आवश्यक भएको धारण समेत राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रदेश न १ प्रदेश सभाका न्याय, प्रशासन तथा विधायन समितीका सभापती इन्द्रमणी पराजुलीले देशमा अझै पनि ठूलो मात्रामा बस्तुहरु आयत हुने गरेको बताउँदै त्यसको विस्थापनका लागि उत्पादनमा जोड दिनु पर्ने बताउँनु भयो साथै उहाँले काम गर्ने लाई अनुुदान र सहयोग गर्नु पर्ने र कागजीरुपमा मात्र काम गर्ने प्रवृति लाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका सभापती तथा जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले उत्पादनको क्षेत्रमा प्रवृद्धिको प्रयोग लाई बढाउदै लैजानु पर्ने बताउनु भयो । कार्यक्रमा प्रदेश सभा संसद निरन राई, लिला सुब्बा, बिना देबि राई, कुशुम श्रेष्ठ, हिमादेवि बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ्ग, महालक्ष्मी नगरपलिकाकी उपमेयर मन्जु अधिकारी, छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गरुङ्ग सहित विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधी, सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी कृषक संग सम्बन्धी समुह, सहकारी, संस्थाका प्रमुख तथा प्रतिनिधी, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।