खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टीजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन् ।

घट्यो सुनको मूल्य
काठमाडौँ, २ भदौ (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।