खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्यानिटरी प्याडमा खर्च मात्रै, किनेर थन्काइयो

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा आठ लाखभन्दा बढीको स्यानीटरी प्याड खरिद गरेको तर लक्षित वर्गलाई वितरण नगरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले स्यानिटरी प्याडमा लाखौं बजेट खर्च गरेर लक्षित वर्गलाई वितरण गर्नुको सट्टा स्टोरमा थन्काएको औंल्याइएको छ ।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्ने भन्दै हिमालयन मेडिसिन डिस्ट्रीव्यूटर्स ललितपुरबाट ८ लाख ३६ हजार २०० मा १० हजार थान स्यानीटरी प्याड खरिद गरिए पनि स्टोरमै थन्काएर राखेको पाइएको हो । एकातिर तोकिएको समयमा प्राप्त हुनुपर्ने सेवाबाट लक्षित वर्ग बञ्चित भएको अर्कातर्फ अव्यवस्थित तरिकाले भण्डारण गरेका कारण स्यानिटरी प्याड बिग्रिएर प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने सम्भावना देखिएको प्रतिबेदनमा उल्लेख छ । ‘स्यानीटरी प्याड समयमा नै खरिद नगरी ढिला खरिद गरेका कारण लक्षित वर्ग सेवाबाट बञ्चित भइ कार्यक्रम नै प्रभावहिन देखियो,’ प्रतिबेदनमा भनिएको छ, ‘कार्यालयले कार्यक्रम ढिला हुनुको कारण स्पष्ट पार्दै किशोरीलाई वितरण गरेको भरपाइ पेश गर्नुपर्छ ।’

यस्तै, गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला सिकाई सहजीकरणका लागि खरिद गरेको पुस्तक स्टोरमै थन्काएर राखेको पाइएको छ । कोभिड महामारीका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने अवधिलाई लक्षित गरी शैक्षिक कार्यक्रम अन्तरगत सहयात्रा प्रिन्टर्स एण्ड पव्लिसर्स प्रालि विराटनगरसँग २०७८ असार १४ गते ३ लाखमा सोझै १ हजार ६०० थान किताव खरिद गरिएको थियो । तर, महामारीका कारण पठन–पाठन बन्द भएको बेला खरिद गर्नुपर्ने पुस्तक वर्षान्तमा खरिद गरिनुले बजेट सक्नकै लागि मात्र पुस्तक खरिद गरेको महालेखाले औंल्याएको छ ।

गाउँपालिकाले चालुतर्फ एकै आर्थिक वर्ष खाना, खाजा र चिया होटलमा १५ लाख ३१ हजार ७०८ खर्च गरेको छ । कतिपय खर्च सम्वन्धित फर्म तथा पार्टीलाई भुक्तानी नगरी कर्मचारी तथा पदाधिकारीलाई शोधभर्ना दिएकोले विविध खर्च आन्तरिक नियन्त्रण कमजोर देखिएको जनाइएको छ । यस्तै, भ्रमण तथा अनुगमन मूल्यांकनतर्फ ३५ लाख ९४ हजार ९६९ खर्च गरेको गाउँपालिकाले भ्रमण अभिलेख नराखेको, भ्रमण आदेश नम्बर नराखेको, अधिकांश भ्रमण तथा अनुगमनमा प्रतिबेदन संलग्न नगरी भुक्तानी दिएको पाइएको छ । कोभिड–१९ को महामारीले लकडाउन भएको अवस्थामा समेत भ्रमण खर्चमा कमी आएको नदेखिएको महालेखाले औंल्याएको छ ।

गाउँपालिकामा सवारी साधन तथा मेसिनरी औजार मर्मतमा ३७ लाख १० हजार २२, व्याकहो लोडर मर्मतमा २२ लाख २८ हजार ८२०, डिजेल खरिदमा ३६ लाख ६४ हजार ४५५ र इन्धन खर्चतर्फ ४६ लाख ८२ हजार २२४ रुपैयाँ भुक्तानी गरेको महालेखाले औंल्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।