मुलघाटमा प्रहरीले फेला पारेको स्कुटर धनिलाई जिम्मा लगायो
धनकुटा,२ भदौ । धनकुटाको मुलघाट प्रहरी चौकीले यहि साउन ३० गते धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ६ स्थित कोशी लोक मार्गमा व्यवारीसे अवस्थामा फेला पारेको को १२ प ९४२३ नम्बरको स्कुटर आज स्कुटर धनी लाई बुझाएको जनाएको छ ।
अनुसन्धान गर्दा स्कुटरको कागजपत्र हेरी चेकजाच गर्दा सवारीधनी सनुसरी जिल्ला धरान उपमहानगर पालिका ९ बस्ने वर्ष २४ की अहिसा खातुनको रहेको भनि खुलेकोले उनलाई स्कुटर मुलघाट प्रहरी चौकिले जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलय धनकुटाको संचार शाखाले जानकारी दिएको छ ।
यो पनि…
नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले गर्यो चित्रकला प्रतियोगितामा
धनकुटा २ भदौ , नेपाल परिवार नियोजन संघ धनकुटा शाखाले आयोजना गरेको “यूवामैत्री समाज” बिषयक चित्रकला प्रतियोगितामा धनकुटा बोर्डिङ स्कुलकी छात्रा आशिका राई प्रथम भएकी छन् त्यस्तै बाल संसार बोर्डिङ स्कुलकी अनुष्का श्रेष्ठ दोस्रो, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा ६ कि सन्ध्या खत्री तेस्रो र तुलसीमेयर बोर्डिङ स्कुलका मीकसेन लिम्बुले तेस्रो स्थान हासिल गरेको निर्णयक श्रीकृष्ण जोशीले जानकारी दिनु भयो । नेपाल परिवार नियोजन संघको आयोजना, युवा मन्च र एडस को सहकार्य मा भएको अन्तरास्ट्रिय युवा दिवश को अवसर मा भएको चित्रकला प्रतियोगिता भएको हो । कार्यक्रमको अध्यक्षता देवेन्द्र प्रधानले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिका ५ का वडा अध्यक्ष धनकुमार राई रहनु भएको थियो । नेपाल परिवार नियोजन संघ को बेष्ट यूथ मन्दिप श्रेष्ठ हुनु भएको छ ।


