धनकुटामा भोली विविध सांस्कृतिक कार्यक्रम हुने
धनकुटा,२ भदौ । धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयमा भोली भदौ ३ गते कृष्ण जन्माअष्टमीको अवसरमा विविध संस्कृतीक कार्यक्रम आयोजना गरीने भएको छ ।
भोली हुने कार्यक्रममा नमस्ते धनकुटाका स्थानिय तथा राष्ट्रिय कलाकारको विभिन्न प्रस्तुती रहने जनाईएको छ । राष्ट्रिय कलाकार मेचु धिमाल,पूर्वाञ्चल गट ट्यालेन्ट बिजेता जुनी खालिङ्ग राई, चोत्लुहाङ्ग लिम्बु सहित स्थानिय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।
आयोजक त्रिवेणी नाट्य बराह डान्स सेन्टर धनकुटा रहेको छ भने कार्यक्रमको संयोजनमा त्रिवेणी सांस्कृतिक समुह धनकुटा र टिन्स कृ डान्स सेन्टर धनकुटा रहेका छन् ।
कार्यक्रम बेलुका ६ बजे बाट सुरु हुने जनाइएको छ ।


