सहिदभुमि गाउँपालिका धनकुटाले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका धनकुटाले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा २० वर्ष माथिका किशोरी तथा महिला दिदिबहिनीहरु समावेश गरिने गाउँपालिकाले जनाएको छ । खुल्ला एकल महिला नृत्य प्रतियोगितामा सहभागी हुन चाहानेले भदौ ८ गते भित्र महिला तथा बालबालिका शाखामा आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।

विषेश गरी महिला दिदीवहिनीहरुले मनाउने हरितालिका तीज यो वर्ष यही भाद्र १४ गते परेको छ ।

बर्सेनि कान्द्राको बाढीले सास्ती
भजनी, ३ भदौ (रासस) : कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उहाँको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ ।

“नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ”, बोहराले भन्नुभयो, “दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।”

भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुङ्गा सञ्चालनको ठेक्का दिएको छ । ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व सङ्कलन नदी ठेक्काबाट हुन्छ । नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ । हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुङ्गाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन् ।

नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । उहाँ डुङ्गा निःशुल्क चढ्न पाउनुपर्ने बताउनुहुन्छ । “सबैसँग पैसा हुँदैन” उहाँले भन्नुभयो ।

वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्नुहुन्छ । उहाँले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको रु २० डुङ्गा सञ्चालकलाई तिर्नुहुन्छ । “आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन” उहाँले भन्नुभयो । पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक नमूना विद्यालय छ । वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् ।

स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ । सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरी बताउनुहुन्छ । “रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ”, उहाँले भन्नुभयो । हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ । पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो । अझै पूरा हुनसकेको छैन । रु चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो । समयावधि पटक–पटक थप्ने गरिएको छ । हुलाकी राजमार्ग आयोजना धनगढीका इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖