प्रजातान्त्रिक विचार समाज धनकुटाको अध्यक्षमा दाहाल
धनकुटा,३ भदौ । प्रजातान्त्रिक विचार समाज धनकुटाको अध्यक्षमा विश्वनाथ दाहाल चयन हुनु भएको छ ।
धनकुटामा आज भएको चौथो साधारण सभा बाट दाहाल अध्यक्षमा चयन हुनु भएको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा डा श्याम प्रसाद वाग्ले, सचिवमा बिनोद सुवेदी, कोषध्यक्षमा मेनुका कार्कि सदस्यहरुमा मोहन वान्तवा, ईश्वरी सुवेदी, डा उमेश खनाल, रमेश श्रेष्ठ, रोहिणी पाण्डे, जीवन राई , नरेन्द्र कश्चित राई र विदुर खवास चयन हुनु भएको निर्वाचन समिती सदस्य गंगाराम ढुंगानाले जानकारी दिनु भयो ।
चौथो साधारण सभामा प्रमुख अतिथी प्रदेश संयोजक बद्रि तामाङ्ग , विशेष अतिथी प्रजातान्त्रिक विचार संघ केन्द्रय सदस्य जीवन कुमार राई, नेपाली कांग्रेस धनकुटाका उपसभापती निर्मलप्रसाद ओझा, सचिव विजयसन्तोषी राई पूर्व जिल्ला सभापती हरीकुमार राई लगायत नेपाली कांग्रेस संग आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।


