सांगुरीगढीका राई अ’वैध ला’गुऔ’षध गाँ’जा सहित मुलघाटबाट पक्राउ
धनकुटा, भाद्र ४ । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अ’वैध गाँ’जा सहित १ जनालाई पक्राउ गरेको छ ।
हिजो राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँ’जा बरामद भएको हो ।
अ’वैध ला’गुऔ’षध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
साहित्यकार विकल्पलाई ‘शक्ति पुरस्कार’
बागलुङ, ४ भदौ (रासस) ःरणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ ।
रु आठ हजार राशिको उक्त पुरस्कार शुक्रबार यहाँ आयोजित संस्थाको ३० औँ वार्षिकोत्सव समारोहमा साहित्यकार विकल्पलाई समर्पण गरिएको हो । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत उहाँलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । समारोहमा साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गर्नुभयो ।
पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहनुभएका विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’, गजल सङ्ग्रह ‘लालीगुराँस फूल्ने मन’लगायत कृति प्रकाशित छन् । उहाँले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आउनुभएको छ । यसअघि सो पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।
विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा उक्त पुरस्कार संस्था स्थापना गर्नुभएको थियो । संस्थाले विसं २०७४ देखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।
सोही समारोहमा बालमन्दिर आधारभूत र रुद्रेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको संस्थाले जनाएको छ । पुरस्कार पाउनेमा बालमन्दिर आविमा कक्षा ५ मा पढ्ने अमृत परियार, अस्मिता आले र रुद्रेपिपल मावि कक्षा ८ मा अध्ययनरत नन्दनी शाह, किस्मत सुवेदी र नारायण पौडेल हुनुहुन्छ । विसं २०५० मा स्थापित उक्त संस्थाले बर्सेनि साहित्यकर्मी र विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।


