स्वास्थ्य मन्त्री खापुङद्वारा सहयोगी सेनेटरि प्याड उद्योगको उद्घाटन

काठमाडौं : महिला दिदीबहिनीहरुको लागि अति आबश्यक पर्ने सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरि प्याड उधोगको स्थापना गरि “रोयल विङस” नामक प्याड उत्पादन तथा बिक्रि वितरण सुरु गरिएको हो । पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरि प्याड उधोगका सञ्चालक गोमा खनालले बताइन् ।

सहयोगी सेनेटरि प्याड उधोगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ, बिसेष अतिथिहरुमा घरेलु तथा साना उधोग महासंघका अध्यक्ष उमेश प्रशाद सिंह, पूर्व सहसचिब सुशील पाण्डे, काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दिपेन्द्र यादब, एमएनबि बैंकका शाखा प्रमुख, समाजसेवी संचारकर्मी तथा कलाकार सूर्य चन्द लागायतका अतिथिहरु सहित अन्य बिशिष्ठ व्यक्तित्वहरु, संचारकर्मीहरु र स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको खनालले बताइन् ।“अझै पनि विभिन्न जिल्लाको ग्रामिण भेगका किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ, जसले गर्दा विभिन्न संक्रमण देखा पर्दछ, उपचारको लागी हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ,” उनले भनिन्, “सेनेटरी प्याड किन्दा केही महँगो पर्दछ्, तर स्वास्थ्यमा केही समस्या आउँदैन्, प्रयोग गर्ने सजिलो पनि हुन्छ ।” त्यसैले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई स्वदेशी उत्पादन “रोयल विङस” प्याडको प्रयोग गर्न समेत खनालले आग्रह गरेकी छिन।

सहयोगी सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य मन्त्रालय मार्फत गरिने सहयोग गर्न संधै आफु तत्पर रहेको तर मुलुक माफिया तन्त्र र भ्रस्ट्चारको दलदलमा फसेको भन्दै सेनेटरि प्याड जस्तो संबेदनशील बस्तुलाई स्वदेशमा नै अनुदान दिएर उधोगहरु स्थापना गर्नुपर्ने समयमा बाहिर बाट आयात गर्न ९०% प्रतिशत सम्म छुट दिएकोमा दुख ब्यक्त गरेका थिए ।
अन्य बक्ताहरुले स्वदेशी उत्पादनलाइ प्रोत्सहान गर्नु पर्ने, बित्तिय संस्थाहरुले सहुलियत तथा अनुदानमा कर्जा उपलब्ध गराउनुपर्ने, कर छुट गराउनुपर्ने तथा जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने भन्दै व्यवसायिक सफलताको शुभकामना ब्यक्त गरेका थिए।

लामो समय इजराइल बसेर नेपाल फर्की आफ्नै देशमा उधोग संचालन गरि बिदेशिन बाध्य नेपाली युवाहरुलाई रोजगार दिन सफल गोमा खनाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय महिलाको रुपमा परिचित छिन।


फोटो : बद्रि थापा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।