नागरिकता विद्येयकमा भएका बिषयले दुरगामी असर गर्छ : एमाले स्थायी कमिटी सदस्य गौतम
धनकुटा,४ भदौ । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले नागरीकता विद्येयकका सम्बन्धमा सम्मानित राष्ट्रपतीले उठाएका बिषय गम्भीर भए पनि गठबन्धन सरकारले त्यसलाई पूर्ण रुपमा अस्वीकार गरेको हुदाँ त्यसले दुरगामी असर पर्ने बताउनु भएको छ ।
शनिबार कार्यकर्ता प्रशिक्षणका क्रममा धनकुटा आई पुगेका नेता गौतमले नेकपा एमाले जिल्ला कमिटी धनकुटाले अयोजना गरेको पत्रकार सम्मेलमा यस्तो बताएका हुन् तर अव सरकारले पठाएको विधेक लाई राष्ट्रपतीले जारी गर्नु भएका अन्य विकल्प उहाँ संग नरहेको बताउनु भयो ।
नागरिकताको बिषयमा सबै दलको एक ठाउँमा हुनु पर्ने भए पनि लक्ष्य बिहिन गठबन्धन सरकारले जे मन लाग्यो त्यही गर्न थालेको मा आफूहरुलाई दु:ख लागेको समेत उहाँको भनाई थियो । नेता गौतमले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा नेकपा एमालेको नेतृत्वमा लोकतन्त्रवादी, प्रगतीशिल, देश भतm दल वा व्यातिm संग चुनावी तालमेल हुन सक्ने बताउनु भयो ।
नेता गौतमले भने जुन फोर्सहरु नेकपा एमाले सँग सहकार्य गरेर अगाडी बढ्न चहान्छन् बाटो खुल्ला रहेको र शक्तिको उपस्थितिमा सहकार्र्य गर्न सकिने समेता नेता गौतमले बताए ।


