धनकुटामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । नेकपा (एमाले) धनकुटा नगर कमिटीको आयाेजनामा शनिवार धनकुटामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य राजेन्द्र गाैतमकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलाले आगामी मंसिर ४ गतेकाे संघ ,प्रदेशको निर्वाचनमा एमाले पार्टीलाई बहुमतका साथ विजयी गर्ने घाेषणा गरेको छ ।
पार्टीका जिल्ला ईन्चार्ज राजेन्द्र राई , सहईन्चार्ज सकुन्तला बस्नेत , प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र बस्नेत , प्रदेश कमिटी सदस्य हिमादेवि बस्नेत , टंक चाैहान , गणेश राई पार्टीका जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुली , पार्टीका उपाध्यक्ष चिन्तन तामाङ , पार्टीका सचिव निरन राई लगायतले सहभागी नेता कार्यकर्तालाई पार्टीको नेता कार्यकर्ता लाई प्रशिक्षण दिएका थिए ।
भेलाको अध्यक्षता नगर अध्यक्ष अर्जुन छाराहाङले गर्नु भएको थियोे ।







