धनकुटाका विभिन्न पेशाकर्मीद्धारा गिरीको निधन प्रति दु:ख ब्यक्त

धनकुटा,५ भदौ । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन प्रति धनकुटाका विभिन्न राजनैतिकदलका नेता, प्राध्यापक, कर्मचारी, शिक्षक विद्यार्थी, उद्योगी व्यावसायी, पत्रकार लगायतले सामाजिक संञ्जाल मार्फत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक संञ्जालमा उनिहरुले नेपाली राजनैतिमा सेवा कम, व्यबसाय ज्यादा भइरहेको समकालीन राजनीति र राजनीतिज्ञहरुमा छुट्टै हिसाबले स्थापित, प्रखर बिचारक, दुरद्रष्टा, समाजवादी चिन्तक, शिर झुकाउन लायक व्यक्तित्व भएको भन्दै भन्दै एउटा खुल्ला पुस्तक सदाका लागि बन्द भएको भन्दै दुःख ब्यक्त गरेका छन् ।

क्या’न्सरबाट पीडित गिरिको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

यो पनि…
स्व गिरी, साहित्य र समाजवाद
– राजाराम कार्की/काठमाडौँ, ५ भदौ (रासस) ः दार्शनिक लेखक एवं विश्लेषक प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

“रचनामा मीठास भर्न खप्पिस झर्रोसाहित्यकार गिरी सालिन व्यक्तित्वका धनी हुनुहुन्थ्यो, सादा जीवन र उच्च विचारका रुपमा कहलिएका स्व गिरीको असमाहिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ”, साहित्यकार ध्रवचन्द्र गौतमले भन्नुभयो ।

साहित्यकार गौतम स्व गिरीका सहपाठी हुनुहुन्थ्यो । गिरीलाई उहाँले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताउनुभयो । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व गिरी अग्रपङ्क्तिमा रहनुभएको जानकारी दिनुभयो ।

स्व गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, “कविता वा कलालाई पढ्न र बुझ्न खोज्नुभनेको आफूलाई खोतल्नु हो”, भन्नुभएको छ । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उहाँले “साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो”, भनी उल्लेख गर्नुभएको छ ।

उहाँले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गर्नुभएको साहित्यकारले बताउनुभएको छ । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा अडिक र निडर लेखक रहेको राससलाई बताउनुभयो ।

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक र कहलिएको साहित्यकार गुमाएको बताउँदै उहाँको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गर्नुभयो । साहित्यकार विनोद दीक्षितका अनुसार स्व गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिनुभयो ।

साहित्यकार रोचक घिमिरेका नजरमा स्व गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न रुचाउने निर्भिक व्यक्ति हुनुहुन्थ्यो । स्व गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गर्नुभएबाट पनि उहाँको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

पिता मित्रलाल गिरीको प्रेरणाले राजनीतिमा संलग्न प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएनुभएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उहाँका राजनीति लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रुपमा चित्रण गरिएको पाइन्छ ।

उहाँका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उहाँले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘दौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश (२०६६)’ ‘डा राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘माक्र्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।

विसं २०१७ देखि सक्रिय राजनीति प्राररम्भ गर्नुभएका कांग्रेस नेता पाठकवर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि हुनुहुन्थ्यो । उहाँले बिपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गर्नुभएको साहित्यकार रोचक घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताउनुभएको छ । भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता हुनुहुन्थ्यो ।

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गर्नुभएको थियो । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖