धनकुटामा मिटर व्याज अ’पराध सम्बन्धी कुनै उजुरी परेन

धनकुटा,६ भदौ । सरकाले मिटर ब्याज अ’पराध नियन्त्रणका लागि कार्यदल गठन गरे संगै गृह मन्त्रालयले भदौ ५ गते सम्म जिल्ला प्रशासन कार्यलय मार्फत उजुरी दिन आह्वान गरे पनि जिल्ला प्रशासन कार्यलय धनकुटामा भने एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।

गृह मन्त्रालयले साउन २८ गते शनिबार सूचना प्रकाशित गरी भदौ ५ गतेभित्र उजुरी दिन आग्रह गरेको थियो ।

सरकारले मिटर ब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै उजुरी आह्वान गरिएको थियो । देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा मार्फत यथा सम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको थियो ।

पशुपतिनाथको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ
काठमाडौँ, ६ भदौ (रासस) ःपशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।

सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुहुँदै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताउनुभयो । नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
“मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको रु पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो । “भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिनुभयो । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो । मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लाग्नुभएका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।