धनकुटामा मोटरसाइकलको ठक्करबाट ७७ बर्षिय बृद्द घाइते
धनकुटामा नेपाल बन्दको आंशिक प्रभाव
धनकुटा । धनकुटामा आज विहान मोटर साईकलले ठक्कर दिदा एक वृद्ध घाईते भएका छन् ।
धनकुटा जिरोपोईन्ट नजिक को १३ प ४७१९ नं को मोटर साईकलले धनकुटा नगरपालिका ६ का ७७ वर्षका सतन राईलाई ठक्कर दिदा घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उनलाई उपचारका लागि विराटनगर पठाईएको छ । जिरोपोईन्टबाट पात्ले तर्फ जाँदैगरेको सो मोटरसाईकलले ठक्कर दिदाँ राईको टाउकोमा गम्भिर चोट लागेको छ ।
दूर्घटनामा संलग्न मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
यता आज धनकुटामा बन्दको आंशिक प्रभाव परेको छ । धनकुटामा गाडीहरु चलिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
-तस्बीर श्रोत :धनकुटा प्रेस
आजको मौसम ः मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ७ भदौ (रासस) ः आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले आगामी २४ घण्टा प्रदेश नं १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भू–भागमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको जनाएको छ । साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्नसक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने तथा तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ । रातको समयमा मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।


