नेकपा एमाले धनकुटाको पालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सात वटै स्थानिय तहमा सम्पन्न

धनकुटा । नेकपा एमाले धनकुटाको पालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्लाको सात वटै स्थानिय तहमा सम्पन्न भएको छ ।

आज जिल्लाको पाख्रीबास नगरपालिकामा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण दिदै पार्टीको सातैतहको पालिका स्तरीय भेला सम्पन्न भएको पार्टीका जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिनु भयो ।

भेला तथा प्रशिक्षणका क्रममा सातै तहका नेता कार्यकर्तालाई समाजवाद निर्माणका योजना, स्थानिय तह निर्वाचनका सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, पार्टीमा देखा परेका समस्या र समाधान, अनुशासित पार्टी निर्माण गर्ने लगायतका विषयमा छलफल तथा प्रशिक्षण दिइएको छ ।

प्रशिक्षण कार्यक्रमको अन्तिम दिन दिन आज पाख्रीबासका नेता कार्यकर्ताहरुलाई भेलाका प्रमुख अतिथि जिल्ला ईन्चार्ज राजेन्द्र राई , प्रदेश कमिटी सदस्य टंक चौहान , पार्टी अध्यक्ष पराजुली , पार्टीका जिल्ला सचिव निरन राई , नगर अध्यक्ष शान्तिराम गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेताकार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।