पद र प्रतिष्ठाको दम्भले विकास हुँदैन : शिक्षामन्त्री पौडेल

बाग्लुंग । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने भन्दै समन्वयकारी भूमिका बढाउनुपर्ने बताएका छन् ।

आज बागलुङ जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८/०७९ मा सञ्चालित योजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले पद र प्रतिष्ठाले मात्रै विकास नहुने भएकाले जनप्रतिनिधिहरुले निरन्तर समन्वय गर्न सकेमा मात्रै धेरै विकासका कामहरु गर्न सकिने बताए ।

मन्त्री पौडेलले समय–समयमा सम्बन्धित मन्त्रालयमा योजना माग गर्नका लागि पुगिरहनुपर्ने उल्लेख गर्दै मन्त्री र मन्त्रालयका कर्मचारीसँग आफ्नो पद प्रतिष्ठाको दम्भ देखाएर मन्त्रालय नपुग्दा चाहेजति योजना र बजेट प्राप्त हुन नसक्ने बताए ।

समिक्षा गोष्ठीमा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख र गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता थियो । समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य बलावती शर्मा, प्रदेशसभा सदस्य खिमविक्रम शाही, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र पर्यटन अभियन्ता कृष्ण केसीले विकासका लागि निरन्तर काम गरिरहे पनि सोचेजस्तो सफलता हासिल गर्न नसकेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।