धनकुटाको हिलेमा ११ सदस्यीय उर्जाशिल महिला समिति गठन
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेले विभिन्न सामाजिक काम गर्ने उदेश्यले ११ सदस्यीय उर्जाशिल महिला समिति गठन गरेको छ ।
नव गठित महिला समितिको अध्यक्षमा पेमा लामा , उपाध्यक्ष अम्बिका घिमिरे, सचिव कल्पना थापा , सह-सचिवमा जमुना थिङ,कोषाध्यक्षमा फुलमाया भण्डारी रहेका छन् ।
सदस्यहरुमा जमुना तामाङ फुलमाया विश्वकर्मा ,विमला विश्वकर्मा , रुपा राना मगर ,जानुका थापा मल्ल र रुक्मणी पौडेल रहेकाछन् । धनकुटा नगरपालिका वडा नं १ वडा सदस्य फुलमाया विश्वकर्माको अध्यक्षतामा बसेको भेलाले समिति गठन गरेको हो ।
यो पनि…
धनकुटा । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको पेशागत हकहितका लागि भईरहेको देश व्यापी आन्दोलनमा धनकुटाका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुले पनि ऐकिवद्धता जनाएका छन् ।
उनिहरुले एक विज्ञप्ति जारी गर्दै आन्दोलन प्रति ऐकिवद्धता जनाएको प्रष्ट पारेका हुन् ।
नेपाल विद्यार्थी कर्मचारी युनियन धनकुटाका अध्यक्ष उमेश दाहाल र नेपाल विद्यालय कर्मचारी परिषद धनकुटाका अध्यक्ष विष्णु श्रष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो आन्दोलन प्रति आफुहरुको पनि ऐकिवद्धता रहेको उल्लेख छ ।


