तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री भएन

म्याङ्लुङ, १० भदौ । तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका छन् । कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बङ्गुरका पाठापाठी बिक्री गर्दै आएका किसानले छ महिनादेखि बङ्गुरका पाठापाठी नै बिक्री हुन छाडेको छ । छथर गाउँपालिका–५ की चन्द्रकला विश्वकर्माले भन्नुभयो “घरमा अहिले एक दर्जनभन्दा बढी बङ्गुरका पाठापाठी छन् । ती बिक्री नहुँदा घर चलाउन मुस्किल परेको छ । पाठापाठी बिक्रीबाटै घर खर्चको जोहो हुन्थ्यो । ”

गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पु¥याउँदा पनि बिक्री नभएको उहाँको भनाइ छ । बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उहाँले एक सिजनमा रु ३० देखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको थियो । “यसपालि एउटा माउले १० पाठापाठी पाएको थियो । रु ३०–३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो”, उहाँ भन्नुहुन्छ, “योपटक त पाठापाठी नै बिक्री नै भएनन् ।” अघिल्लो सिजनमा रु चार हजारमा बिक्री भएका पाठापाठी यसपटक रु १५ सयमा पनि बिक्री नभएको उहाँको दुःखेसो छ ।

स्थानीयवासी लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्री गर्न बजारसम्म ल्याउँदा पनि बिक्री नभएको गुनासो गर्नुभयो । “पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थेँ तर, यसपालि त व्यापारी नै आएनन्”, उहाँले भन्नुभयो ।

उहाँहरुको मात्र यो समस्या होइन, छथरका अधिकांश जनजाति समुदायले बङ्गुर पाल्ने गरेका छन् । यहाँका पाठापाठी छिमेकी धनकुटा जिल्लाका साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन् ।

विगतमा बजार राम्रो हुँदा बङ्गुर खरिद गरी राजधानीलगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए । व्यवसायीले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बङ्गुर तथा स्थानीय रैथाने जातका बङ्गुर पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बङ्गुर व्यवसायीलाई अनुदान दिँदै आएको छ । युवाको आकर्षण बङ्गुरपालनमा भए पनि बजार अभावका कारण उनीहरु चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भइरहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।