धनकुटामा समेत सुरु भयो “जनताको साथमा कांग्रेस अभियान”
धनकुटा,१० भदौ । नेपाली कांग्रेस मंसिरमा हने संघ र प्रदेश सभाका लागि हुने निर्वाचनका लागि लक्षित गरेर सुरु गरेको जनताको साथमा कांग्रेस अभियान धनकुटामा समेत आज बाट सुरु भएको छ ।
अभियानको सुरुवात आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री सुनिल बहादुर थापा र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम केन्द्रिय प्रतिनिधी राजीव ढुंगानाले संयूतmरुपमा विरुवामा पानी हालेर गर्नु भएको छ ।
अभियानको उत्घाटन गर्दै केन्द्रिय प्रतिनिधी एवम् कार्यक्रमका बिशेष अतिथी राजीव ढुंगानाले कांग्रेसको आन्तिरीक एकता लाई बलियो बनाउँदै अबको निर्वाचनमा गएर कांग्रेसले बिजयी हाँसिल गर्नु पर्ने भएकोले नेताहरु अब वडा र टोलमा केन्द्रित भएर चुनावी अभियानमा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो गठबन्धन चुनाव सम्म मात्र भएकोले त्यस पछिका अन्य चुनावमा कांग्रेस र अन्यदलले एक्ला एक्लै चुनाव लड्नु पर्ने भएकोले कांग्रेस बलियो भई रहनका लागि टोलकमिटी बलिया हुनु पर्ने बताउँनु भयो ।
उहाँले मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेस होमि रहको समेत बताउँनु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री सुनिल बहादुर थापा गठबन्धन तितो मिठो दुवै हुने बताउँदै कांग्रेस बिजयी भए लोकतन्त्र समेत बलियो हुने बताउँनु भयो ।
उहाँले भन्नु भयो त्यसैले कांग्रेस लाई धनकुटा बाट बिजयी गराउँन धनकुटाका कांग्रेसजन लाग्न आवश्यक भएको छ । कार्यक्रमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतीहरु अग्नीप्रसाद पौडेल, हरीकुमार राई, प्रदेश सभा सदस्य लिला सुब्बाले आगामी चुनावमा कांग्रसले जिते मात्र कांग्रेसको जित हुने भएकोले नेपाली कांग्रेसको संगठन लाई बलियो बनाउँनु पर्ने बताउँनु भयो ।
कार्यक्रम अघि बसेको नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्यसमिती बैठकले जिल्ला कमिटीमा रितm रहेको कोषाध्यक्ष सरस्वती मगर लाई चयन समेत गरेको छ ।


