बागमती प्रदेश सरकारले वातावरण सम्मेलन आयोजना गर्ने

काठमाडौँ, १० भदौ । वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।

राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विधिधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढङ्गको छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उहाँहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभएको थियो । वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उहाँहरूको भनाइ थियो ।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उहाँहरूले सम्मेलनको निष्कर्षले अन्तरराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताउनुभयो । वातावरण संरक्षणको मुद्दामा सङ्घ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।

आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ ।

सम्मेलनबाट साझा तय गर्छौँ : मन्त्री खड्का

मन्त्री खड्काले सम्मेलनबाट वातावरणका संरक्षणको मुद्दामा सरोकारवालाको साझा तय गर्ने बताउनुभयो । जलवायु परिवर्तन तथा वातावरण संरक्षणको मुद्दामा दलहरूबीच सामान धारणा नपाइएको जनाउँदै उहाँले सम्मेलनले सबैलाई एक ठाउँमा ल्याउने र सो विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वव्यापीरूपमा वातावरण संरक्षणको क्षेत्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका बारेमा अन्तरराष्ट्रियस्तरमा ‘लबिङ’ गर्नुपर्ने बताउनुभयो । “वातावरण संरक्षणमा नेपालको महत्वपूर्ण भूमिका छ, वातावरणको मुद्दामा नेपालले अगुवाइ गर्नुपर्ने दृष्टिकोणका साथ सम्मेलनको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।