महिला संघकी संस्थापक अध्यक्षको स्मृतिमा धनकुटामा दिप प्रज्वलन
धनकुटा । नेपाल महिला संघ सस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औ स्मृति दिवसको अवसरमा नेपाल महिला संघ धनकुटाले दीप प्रज्वलन गरेको छ ।
धनकुटाको ग्रिन पार्क चुवाको वोट चौकमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।
कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सुनिल वहादुर थापा, प्रदेश सांसद लिला सुब्बा,पार्टीका जिल्ला सभापति दिनेश राई,प्रदेश कार्य समितिका सदस्य मिना तुम्बा,जिल्ला सचिव विजय सन्तोषी राई लगायतले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए ।
संस्थापक अध्यक्ष स्व. सिंहको योगदानको वारेमा चर्चा गर्दै कार्यक्रमको उदेश्यमाथि नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमलाले प्रकाश पार्नु भएको थियो ।


