धनकुटाको महालक्ष्मी नगरपालिकामा नगर स्तरिय होटल व्यवसायी संघ गठन
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका अन्तरगतका होटल ब्याबसायीहरुलाई सदस्यता प्रदान गरिएको छ ।
क्षेत्रीय होटल संघ नेपाल जिल्ला धनकुटाको आयोजनामा आज सञ्चालित कार्यक्रममा संघका जिल्ला अध्यक्ष खगेन्द्रकुमार विष्टको प्रमुख आतिथ्य, जिल्ला सह सचिव प्रकाश श्रेष्ठ र जिल्ला कोषाध्यक्ष डम्बर राज काफ्लेको उपस्थितिमा नगेन्द्र तुम्बा (हिम शिखर) को अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय होटल ब्याबसायी संघ गठन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा धन बहादुर थाम, सचिवमा लोकेन्द्र अधिकारी, सह-सचिवमा राज कुमार राना,कोषाध्यक्षमा कालिका सुवेदी रहेका छन् ।
अन्य सदस्यहरुमा शोभा धमला, दिपा ताम्फु, कमला पराजुली, शोभित मान आले, वीर बहादुर कटुवाल र मिना भुजेल रहेका छन् । आगमी दिनमा यस क्षेत्रमा आउने समस्याहरुको समधान गर्दै पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाईएको छ ।
कार्यक्रममा प्रहरी चौकी जितपुरका सह- ईनचार्ज,जनप्रतिनीधि र जितपुर बजार ब्याबस्थापन समितिका अध्यक्ष समेतको उपस्थिति थियो ।


