‘जिल्लाबाट हामीले टिकट पाउनु पर्छ’–रकम चेम्जोंग

धनकुटा,१२ भदौ । एकलाएक्लै चुनाव लड्न नसकेर गठबन्धन भएकाले यसको मर्म बुझेर आसन्न प्रतिनीधि सभाको निर्वाचनमा धनकुटाबाट जनता समाजवादी पार्टीले टिकट पाउनुपर्ने पूर्व शान्तिमन्त्री रकम चेमजोङ्गले गर्नुभएको छ ।

आईतबार प्रेस मञ्च नेपाल धनकुटा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पाटीका केन्द्रिय कार्यकारिणी सदस्य चेम्जोङ्गले टिकटमा आफ्नो दाबी रहेको बताउनुभएको हो । ‘गठबन्धनले हामीलाई न्याय गर्नेमा ढुक्क छौ ।’–उहाँले भन्नुभयो ।

एमाले बिरुद्ध कुनै ठूला दलहरुले पनि एक्लै लड्न नसकेको संकेत गर्दै उहाँले गठबन्धनमा ठूला र साना दलको आधारमा टिकट टुंगो नलाग्ने पनि प्रष्ट पार्नुभयो ।

गठबन्धन कार्यदलको सदस्य समेत रहेका चेम्जोङ्ग चुनावी सिट बाडफाँडको काम १५ देखि २० गते सम्ममा टुंगो लाग्ने जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष गोपाल लिम्बले यस अघि चेम्जोङ्गले जिल्लाका लागि महत्वपूर्ण माम गरेकाले आफ्नो पार्टीका तर्फबाट चेम्जोङ्गले टिकट पाउनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र(आरसी) तुम्बा,सारकुमारी आठपहरिया,केन्द्रिय निर्वाचन परिचालन समिति सदस्य धर्म चाम्लिङ,केन्द्रिय सल्लाहाकार हेमकर्ण तुम्सा लगाएतको उपस्थिति रहेको थियो ।

जिल्लामा गठबन्धनबाट कांग्रेसका पूर्व आपूर्तिमन्त्री सुनिलबहादुर थापा र माओवादीका संबिधानसभा सदस्य हेमराज भण्डारीको चर्चा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।