कर्मचारीको आन्दोलनका कारण धनकुटाका सामुदायिक विद्यालयहरुको पठन-पाठन प्रभाबित
धनकुटा,१२ भदौ । सामुदायिक विद्यालय कर्मचारी संर्घष समितीले विभिन्न माग राख्दै आन्दोलन घोषण गरेका कारण धनकुटाका सामुदायिक विद्यालयहरुको पठन पाठन प्रभाबित हुने भएको छ ।
कर्मचारी संर्घष समितीले आज बाट १ हप्ता सम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ भने शिक्षक संग सम्बन्धीत विभिन्न संघ संगठनले समेत १४ गते सम्म हुने आन्दोलनमा ऐक्यबद्धता जनाए संगै पठन पाठन प्रभावित हुने भएको हो ।
कर्मचारी संगठनले विद्यालयका लेखापाल तथा विद्यालय सहयोगी कर्मचारीको तलब बृद्धि गर्नु पर्ने, सामुदायिक विद्यालयमा कार्यतर कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रकृया पुरा गरी स्वत स्थायी प्रकृयामा लगिनु पर्ने, संघिय शिक्षा ऐन जारी हुदाँका बखतसम्म अविच्छिन सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेरहद नलाग्ने प्रबन्ध गर्नु पर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलन गरिएको र आजबाट एक हप्ताका लागि विद्यालय बन्दको आन्दोलन भई रहेको सामुदायिक विद्यालय कर्मचारी संर्घष समिती धनकुटाका संयोजक उमेश दाहालले जानकारी दिनु भयो ।
उता शिक्षक संग सम्बन्धित संघ संगठनहरुले समेत भदौ १४ गते सम्मको आन्दोलन लाई ऐक्यबद्धता जनाएको र पूर्व निर्धारीत परिक्षा र विद्यालयमा संचालन भई रहेको कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई भने आफूहरुले बाधा नगरी सहयोग गर्ने नेपाल शिक्षक संघ धनुकटाका अध्यक्ष थिरेन्द्र बहादुर लिम्बुले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय धनकुटाले पनि विद्यालयमा संचालन भई रहेका खोप कार्यक्रममा भने अहिले सम्म कतैबाट बिरोध नआएको जनाएको छ भवे यता शिक्षा विकास तथा समन्वय एकाई धनकुटाकी प्रमुख मोहन राईले जिल्लाका सबै विद्यालय कर्मचारीको आन्दोलनका कारण बन्द नरहेको र आफूले यसबारे जानकारी लिईरहेको बताउँनु भयो ।
उहाँले भन्नु भयो “ कर्मचारीहरुले माग राख्नु जायज नै भए पनि विद्यार्थीहरुको पढ्न पाउने अधिकारको हनन् हुनु दुखत भएको र आफूनो अधिकारको माग गर्दा अर्कोको अधिकार हनन् हुनु नहुने बताउनु भयो ।



