शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क

काठमाडौँ, १२ भदौ । राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताउनुभयो ।

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११ स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यो सेवा आजैदेखि सुरु भएको उहाँले सुनाउनुभयो । समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरवासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाउनुभयो । न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुनेछन् । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कुन उपचारमा कस्तो सुविधा

सम्झौताअनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ र नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ ।

यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख विष्णु चापागार्इँ र अस्पतालको तर्फबाट सुजाता कोइरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारीलगायतको उपस्थिति थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।