मातृभूमि महिला समाज धनकुटा शाखा हिलेको आयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
धनकुटा । मातृभूमि महिला समाज धनकुटा शाखा हिलेको आयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले आज एक कार्यक्रमको आयोजना गरि तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
सोहि अवसरमा समाजले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागी २४ जनालाई प्रमाणपत्र वितरण गरेको छ । समाजका अध्यक्ष कविता विष्ट संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिलेबजार व्यवस्थापन समिति अध्यक्ष लालचन गोङ्वा , वडा सदस्य फुलमाया विक, समाजका सल्लाहकार पञ्चुमाया तामाङ , समाजका आजीवन सदस्य सीता विष्ट शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य तथा संस्थाको बारेमा समाजका केन्द्रीय निर्देशक चन्द्र विष्टले प्रकाश पार्नु भएको थियो भने सञ्चालन सचिव कृष्णा आचार्य न्यौपाने गर्नु भएको थियो ।


